images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

देउवाले बोलाए संसदीय दलको बैठक

देउवाले बोलाए संसदीय दलको बैठक

एभरेष्ट हेडलाइन्स
शनिबार, साउन ५ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, साउन ५ २०८१
  • देउवाले बोलाए संसदीय दलको बैठक

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन्।

    images
    images
    images

    सभापति देउवाले आइतबार मध्याह्न १२ बजे संसदीय दलको बैठक बोलाएका हुन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने जनाइएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। त्यसका लागि दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ।

    त्यसअघि कांग्रेस संसदीय दलको बैठक बोलाइएको हो। प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने विषयमा निर्णय गर्न संसदीय दलको बैठक बोलाइएको जनाइएको छ।

    प्रधानमन्त्री ओलीलाई प्रमुख दुई दल कांग्रेस र नेकपा (एमाले)सँगै जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, जसपा नेपाल लगायतले विश्वासको मत दिने भएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार