Sep 08 2024 | २०८१, भदौ २३ गते

जनभावना विरोधी काम गर्ने छुट प्रधानमन्त्री, मन्त्री कसैलाई छैनः शेखर कोइराला

जनभावना विरोधी काम गर्ने छुट प्रधानमन्त्री, मन्त्री कसैलाई छैनः शेखर कोइराला

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन ६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन ६ २०८१
  • जनभावना विरोधी काम गर्ने छुट प्रधानमन्त्री, मन्त्री कसैलाई छैनः शेखर कोइराला

    काठमाडौँ। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दुई ठुला दल एकै ठाउँमा उभिएर उनीहरुलाई गल्ती गर्ने छुट नभएको बताएका छन् ।

    images
    images

    वीपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा वीपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौंमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै उनले अब जनताले सुशासनको अनुभुति हुने गरि सरकारले काम गर्नुपर्ने बताएका हुन् ।

    नेता कोइरालाले यदि मन्त्रीहरुले गलत काम गरे तिनको आलोचना र विरोध गर्न कार्यकर्तालाई आग्रह गरे । ‘जनभावना बिरोधी काम गर्ने छुट न त प्रधानमन्त्रीलाई छ न मन्त्रीलाई छ,’– उनले भने ।

    नेता कोइराला वीपी कोइरालाको सिद्धान्तअनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिड्न नसकेको टिप्पणी गरे । ‘हिजो पश्चिमको साथीलाई चोट लाग्दा पुर्वको साथीलाई दुख्थ्यो । पूर्वको साथीको पिडाले पश्चिमको साथीलाई पोल्थ्यो, हामी आफुलाई वीपीका अनुयायी भन्छौं । तर, स्वार्थमा परेर आफू–आफुमै लड्छौं। वीपीले त यस्तो कहिल्यै सिकाउँनु भएन । हिजोको त्यो आत्मियता कहाँ गयो ?’ उनले प्रश्न गरे । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट