Sep 08 2024 | २०८१, भदौ २३ गते

कांग्रेसले आफ्ना कमजोरीहरू सुधार गर्नुपर्छ : महामन्त्री थापा 

कांग्रेसले आफ्ना कमजोरीहरू सुधार गर्नुपर्छ : महामन्त्री थापा 

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन ६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन ६ २०८१
  • कांग्रेसले आफ्ना कमजोरीहरू सुधार गर्नुपर्छ : महामन्त्री थापा 

    काठमाडौँ । कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रै रहेका कमजोरीहरुको सुधार गर्न आवश्यक रहेको बताएका छन् । आईतबार ४२ औं बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    images
    images

    ‘नेपाली कांग्रेसले आफूलाई नयाँ बनाउनका लागि परपर खोज्न जाने होइन । आफैँ भित्र खोज्नुपर्छ । हामीसँगै छ त्यो । हामीभित्रै छ । त्यसैले पठन संस्कृतिलाई फेरि एकपटक नेपाली कांग्रेसभित्र छ, तर अझै यसलाई बढाउनुपर्छ । अझ उज्यालो बनाउनु पर्छ । नेपाली कांग्रेसको साथीहरु विभिन्न जिम्मेवारीमा हुनुहुन्छ, हाम्रो लाखौँ साथीहरु हुनुहुन्छ । नेपाली कांग्रेसको साथीहरुले जहाँ छलफलमा भाग लिनुहुन्छ, हामीले गर्ने बहसको पाटो त्यो सुचित बहस नै हो । त्यो तथ्यमा आधारित हुनुपर्छ । हामी बहकिनु हुँदैन । हाम्रो जिम्मेवारी हो । त्यसका निम्ति पनि पठन संस्कृति अनिवार्य छ । त्यसका लागि पुस्तकालयले प्रेरित गर्दछ । हामीलाई एउटा स्रोतकेन्द्र पनि चाहिएको छ’ उनले भने । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट