Sep 08 2024 | २०८१, भदौ २३ गते

स्रोत साधनको अभावमा संविधानमा लेखिएका कुरा लागू हुन सकेनन् : प्रकाशशरण महत

स्रोत साधनको अभावमा संविधानमा लेखिएका कुरा लागू हुन सकेनन् : प्रकाशशरण महत

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन ७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन ७ २०८१
  • स्रोत साधनको अभावमा संविधानमा लेखिएका कुरा लागू हुन सकेनन् : प्रकाशशरण महत

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले स्रोत साधनको अभावका कारण संविधानमा लेखिएका कुरा लागू हुन नसकेको बताएका छन् ।

    images
    images

    नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला स्मृति दिवसका अवसरमा सहिद स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘वर्तमान संविधान र समाजवाद उन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठी एवं ‘श्रमिक विमर्श’ पुस्तक विमोचन कार्यक्रममा उनले स्रोत साधनको कमीका कारण संविधानमा उल्लेख भएका कुरा लागू गर्न नसकिएको बताए ।

    उनले भने, “स्रोत साधनको कमीले संविधानमा लेखिएका र बोलिएका कुरा लागू गर्न सकिँदैन, अनि जनताको नजरमा हामी ‘फेलिएर’ हुन्छौँ ।” उहाँले वर्तमान संविधानको मर्म र भावनालाई नखुम्च्याई, कमजोर नगरीकन संशोधन र सुधार गर्न सकिने दाबीसमेत गरे ।

    उनले भने, “संविधान संशोधनका नाममा समावेशितामा कुनै सम्झौता हुँदैन, संशोधनमार्फत समावेशिताको अधिकारलाई अझै सुनिश्चित गरिने छ ।” उनले समावेशिता सुनिश्चित गर्ने अझ राम्रा उपाय रहेको उल्लेख गर्दै समावेशितालाई कटौती गर्ने नभई हरेक वर्ग, समूहका व्यक्तिलाई प्रत्यक्ष रुपमा जनतामा गएर निर्वाचित भई आउने व्यवस्था गरिने जिकिर गरे । 

    उनले  नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र कांग्रेससँगको सत्ता सहकार्य जटिल र आवश्यक रहेको बताए । उनले भने, “अहिले एमालेसँग मिलेर हाम्रो सरकार बनेको छ, हामी प्रतिस्पर्धी पार्टी पनि हौँ, त्यस अर्थमा हाम्रो सम्बन्ध एवं सहकार्य जटिल पनि छ, तर परिस्थितिले यो आवश्यक बनिरहेको छ ।”

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट