Sep 08 2024 | २०८१, भदौ २३ गते

माओवादी र एकीकृत समाजवादीको कोटाबाट नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउँदै सरकार 

माओवादी र एकीकृत समाजवादीको कोटाबाट नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउँदै सरकार 

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १० २०८१
  • माओवादी र एकीकृत समाजवादीको कोटाबाट नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउँदै सरकार 

    काठमाडौँ । नयाँ सरकार बनेसँगै रिक्त १ दर्जन भन्दा धेरै देशमा नयाँ राजदूतको नियुक्ति प्रक्रिया अगाडि बढाउने तयारी भएको छ । नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनेसँगै दुई दलले राजदूत नियुक्तिको विषयमा छलफल थालेका हुन् ।

    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच राजदूत नियुक्तिबारे भएको छलफल निष्कर्षउन्मुख रहेको स्रोतले जनाएको छ । उच्च नेतृत्व तहमा भएको सहमति अनुसार अमेरिका, चीन, बेलायत र रुसमा एमालेले राजदूत सिफारिस गर्नेछ। भने नेपाली कांग्रेसले भारतसहित जापान, अस्ट्रेलिया र मलेसियामा राजदूत नियुक्त गर्ने सहमति बनेको छ।

    भारतका लागि राजदूतमा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी र चीनका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई सिफारिश गर्ने सरकारले तयारी गरेको स्रोतले जनाएको छ ।

    सम्भवतः आज बस्ने मन्त्रिपरिषद बैठकले उनीहरूलाई राजदूतमा सिफारिश गर्नेछ । चीनमा अहिले माओवादी केन्द्रको सिफारिसमा गएका विष्णुपुकार श्रेष्ठ राजदूत छन् । नयाँ राजदूत सिफारिस हुनुअघि श्रेष्ठलाई फिर्ता बोलाउने सरकारको तयारी छ ।

    त्यस्तै रुसमा एकीकृत समाजवादीको कोटाबाट नियुक्त मिलनराज तुलाधर र अस्ट्रेलियामा पनि नेकपा एसकै कैलाशराज पोखरेल अहिले राजदूत छन् । तुलाधर र पोखरेललाई पनि फिर्ता बोलाउने तयारी छ । भारत, अमेरिका र बेलायतस्थित राजदूतहरूलाई यस अघिकै प्रचण्ड नेतृत्वको सरकारले फिर्ता बोलाइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट