Sep 08 2024 | २०८१, भदौ २३ गते

कन्टेनर र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु

कन्टेनर र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन ११ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन ११ २०८१
  • कन्टेनर र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु

    चितवन । नारायणगढ–मुग्लिन सडकको भतेरीमा कन्टेनर र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

    images
    images

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भारतको उत्तर प्रदेशका २४ वर्षीय मेहताव आलम र वीरगञ्ज महानगरपालिका–२४ का ३३ वर्षीय प्रमोद पटेलको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकमध्ये आलम भारतीय ट्रकका चालक हुन् भने पटेल कन्टेनरका चालक हुन् ।

    भारतीय ट्रकका सहचालक गोरखपुरका २२ वर्षीय सावन अहमद गम्भीर घाइते भएका छन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट