images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

काँग्रेस अब छिट्टै सरकारमा सहभागी हुन्छ :  प्रमुख सचेतक विष्ट

काँग्रेस अब छिट्टै सरकारमा सहभागी हुन्छ :  प्रमुख सचेतक विष्ट

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन ११ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन ११ २०८१
  • काँग्रेस अब छिट्टै सरकारमा सहभागी हुन्छ :  प्रमुख सचेतक विष्ट

    कर्णाली ।  नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले काँग्रेस अब छिट्टै सरकारमा सहभागी हुने जानकारी दिएका छन् ।  

    images
    images
    images

    सङ्घमा राष्ट्रिय समीकरण परिवर्तन भएसँगै नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्मिलित सरकार बनेपछि कर्णाली प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र)  बाहिरिएको छ ।

    माओवादी बाहिरिएसँगै रिक्त रहेका आर्थिक मामिला तथा योजना, जलस्रोत तथा ऊर्जा विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालय को नेतृत्व काँग्रेसले गर्नुपर्ने देखिएको प्रमुख सचेतक विष्टले बताए ।

    “ काँगेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाही, पार्टीसभापति र उपसभापतिले कर्णाली सरकारमा जाने विषयमा छलफल गरिरहनुभएको छ,” उनले भने, “केही प्राविधिक कारणले ढिला भएपनि अब एक/दुई दिनपछि काँग्रेस छिट्टै सरकारमा सहभागी हुन्छ ।” सरकारमा कसको नेतृत्वमा को–को जाने भन्ने विषय पनि केन्द्रीय नेतृत्वको सहकार्य समन्वयमा दलको नेताले टुङ्ग्याउने प्रमुख सचेतक विष्टले बताए ।

    मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी आर्थिक मामिला मन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री बीरबहादुर शाही, जलस्रोतमन्त्री रनसिंह परियार र उद्योग, पर्यटनमन्त्री दुर्गबहादुर रावतले समर्थन फिर्ता लिँदै यही साउन ७ गते पदबाट राजीनामा दिएका थिए । हाल रिक्त रहेका चारवटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कँडेलले आफैँले सम्हालेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार