Nov 22 2024 | २०८१, मंसिर ७ गते

images

भ्रष्टाचारका फाइल बन्द गर्न नयाँ गठबन्धन बन्यो : माओवादी सांसद मोदी

भ्रष्टाचारका फाइल बन्द गर्न नयाँ गठबन्धन बन्यो : माओवादी सांसद मोदी

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन १४ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन १४ २०८१
  • भ्रष्टाचारका फाइल बन्द गर्न नयाँ गठबन्धन बन्यो : माओवादी सांसद  मोदी

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले भ्रष्टाचारसम्बन्धी फाइल बन्द गर्न नयाँ गठबन्धन बनेको आरोप लगाएका छन्।

    images
    images
    images

    सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै मोदीले वर्तमान सरकार गठन हुने बित्तिकै देखिएका गतिविधिले भ्रष्टाचारसम्बन्धी फाइल बन्द गर्न नयाँ गठबन्धन बनेको देखिएको बताएका हुन् ।

    मोदीले भ्रष्टाचारका विभिन्न प्रकरणलाई अहिलेको गृहमन्त्रीले निरन्तरता दिनुहुन्छ की हुन्न भन्ने हेर्न बाँकी रहेको उल्लेख गरे ।

    उनले भ्रष्टाचार र सुशासनका लागि आफ्नो पार्टी निरन्तर लाग्ने समेत बताए । त्यस्तै मोदीले ठूलो संघर्ष र बलिदानबाट नयाँ संविधान बनेको भन्दै कुनै अमुक पार्टीले संशोधन गर्न खोजे प्रतिरोध गर्ने चेतावनी दिए । उनले जनताको चाहाना, इच्छा र अधिकारलाई कसैले मार्न नपाइने बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट