Sep 17 2024 | २०८१, असोज १ गते

टेक्नो मोबाइलको ब्राण्ड एम्बेसडरमा क्रिकेटर आशिफ र आरिफ अनुबन्धित

टेक्नो मोबाइलको ब्राण्ड एम्बेसडरमा क्रिकेटर आशिफ र आरिफ अनुबन्धित

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २४ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २४ २०८१
  • टेक्नो मोबाइलको ब्राण्ड एम्बेसडरमा क्रिकेटर आशिफ र आरिफ अनुबन्धित

    काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा निकै लोकप्रिय टेक्नो मोबाइलको ब्राण्ड एम्बेसडरमा नेपालका प्रख्यात क्रिकेट खेलाडीद्वय आशिफ शेख, आरिफ शेख अनुबन्धित भएका छन् । बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा शेखद्वयलाई ब्राण्ड एम्बेसडर घोषणा गरिएको हो ।

    images
    images

    शेखद्वय दाजुभाई हुन् । टेक्नो ब्राण्डको नेपालमा आधिकारिक विक्रेता महालक्ष्मी मोबाइल्स प्रालि रहेको छ । कार्यक्रममा सञ्चालन गरिएको लक्की ड्रममा ईभी काठमाडौं डटकमका कार्यकारी अध्यक्ष एवम् टिभी टुडेका मार्केटिङ हेड सचिन्द्र दाहालले टेक्नो ब्राण्डको मोबाइल प्राप्त गरेका थिए ।

    अध्यक्ष दाहाललाई ब्राण्ड एम्बेसडर शेखद्वयले मोबाइल हस्तान्तरण गरेका थिए । टोक्नो मोबाइल प्रतिस्पर्धी ब्राण्डमध्ये धेरै फिचर भएको सुपथ मूल्यको ब्राण्ड भएको कम्पनीको दावी छ । नेपाली बजारमा टेक्नो ब्राण्डको मोबाइलले छोटो समयमा नै उल्लेख्य बजार विस्तार गरेको छ ।

    टेक्नो ब्राण्डका मोबाइलहरु ग्राहकहरुले रोजेको र खोजेका जस्ता छन् । टेक्नो ब्राण्डका मोबाइलहरुमा प्रयोगकर्ताको रोजाई अनुसार विभिन्न फिचर उपलब्ध छन् । सर्भिस तथा पार्टस्हरु पनि सहजै पाइने कम्पनीले जनाएको छ ।

    धेरै विशेषता भएको टेक्नो ब्राण्डका मोबाइलहरु बलियो र गुणस्तरीय भएकाले प्रयोगकर्ताहरुलाई ढुक्क हुन कम्पनीले आग्रह गर्दै आएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार