Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

टीआरसी विधेयक मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरिँदै 

टीआरसी विधेयक मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरिँदै 

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २८ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २८ २०८१
  • टीआरसी विधेयक मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरिँदै 

    काठमाडौँ । शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्नेगरी तयार भएको संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक दफाबार छलफलपश्चात् प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरिने भएको छ । विधेयक मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुनेछ । 

    images
    images
    images

    बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ कानुन, न्याय तथा मानवअधिकार समितिमा दफाबार छलफल भएको थियो । लामो समयको रस्साकस्सीपश्चात् साउन २४ गते बिहीबार समितिबाट प्रतिवेदनसहित पास भएको थियो । 

    सोही विधेयकलाई मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यतालिका संसद् सचिवालयले सार्वजनिक गरेको छ । 

    १० वर्षे माओवादी युद्ध र त्यसपश्चात् भएको शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियाको कामलाई फत्ते गर्न यो विधेयक ल्याइएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार