Sep 19 2024 | २०८१, असोज ३ गते

मधेसका मुख्यमन्त्री सिंहले आठ जना राज्यमन्त्री हटाए

मधेसका मुख्यमन्त्री सिंहले आठ जना राज्यमन्त्री हटाए

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २९ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २९ २०८१
  • मधेसका मुख्यमन्त्री सिंहले आठ जना राज्यमन्त्री हटाए

    मधेश प्रदेश सरकारले ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको छ। मुख्यमन्त्री सतिसमुानर सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ जनै राज्यमन्त्रीलाई हटाउने निर्णय गरेका हुन्।

    images
    images

    मुख्यमन्त्री कार्यालयका अनुसार हालै नियुक्त भएका राज्यमन्त्रीहरुलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई मंगलबार पत्र पठाइसकिएको छ। जम्बो मन्त्रीमण्डल बनाएको भन्दै चारैतिर आलोचना हुन थालेपछि राज्यमन्त्री हटाइएका हुन्।

    प्रदेश सरकारले गत मंगलबार रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेको थियो भने त्यसअघि केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्रीमा नियुक्त भएका थिए।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार