Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

सन्राइज सेक्युरिटिज लिमिटेडबाट औपचारिक शेयर कारोबारको शुभारम्भ 

सन्राइज सेक्युरिटिज लिमिटेडबाट औपचारिक शेयर कारोबारको शुभारम्भ 

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३० २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३० २०८१
  • सन्राइज सेक्युरिटिज लिमिटेडबाट औपचारिक शेयर कारोबारको शुभारम्भ 

    काठमाडौँ । लक्ष्मी सन्राइज बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा संस्थापित सन्राइज सेक्युरिटिज लिमिटेडले व्यवसायिक सञ्चालन शुरुवात गरेको छ । आज एक समारोहका बीच लक्ष्मी सन्राइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले सो कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गरे ।

    images
    images
    images

    उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिंदै उनले कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रुपमा दिने विश्वास व्यक्त गरे  । उनले व्यवसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रुपमा सन्राइज सेक्युरिटिज लिमिटेडले सफलता पाउन सकोस भनी कामना गरे ।

    सोही कार्यक्रमका बिशेष अतिथि लक्ष्मी सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले लक्ष्मी सन्राइज बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा अर्को एउटा संस्था स्थापित भएकोमा खुसी र शुभकामना व्यक्त गरे । साथै स्नराइज सेक्युरिटिज लिमिटेडका प्रबन्ध सञ्चालक कमल गौतमले कारोबार शुभारम्भ कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै संस्थाले धितोपत्र खरिद बिक्री सम्बन्धी सम्पूर्ण सेवाहरु गुणस्तरिय रुपमा एकै ठाँउबाट सरल र सहज रुपमा प्रदान गर्न सकिने जानकारी दिए । 

    गैह्रिधारा–२, काठमाण्डौंमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पूँजी रु. २०,००,००,०००/– (अक्षरेपी बीस करोड रुपैयाँ मात्र) रहेको छ भने स्टक ब्रोकर नम्बर १०० रहेको छ 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट