Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

बङ्लादेशमा चिकित्साशास्त्र अध्ययनरत नेपाली बिध्यार्थीले गरे  प्रधानमन्त्री ओलीसंग भेट 

बङ्लादेशमा चिकित्साशास्त्र अध्ययनरत नेपाली बिध्यार्थीले गरे  प्रधानमन्त्री ओलीसंग भेट 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन ३२ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन ३२ २०८१
  • बङ्लादेशमा चिकित्साशास्त्र अध्ययनरत नेपाली बिध्यार्थीले गरे  प्रधानमन्त्री ओलीसंग भेट 

    काठमाडौँ । बाङ्लादेशमा चिकित्साशास्त्र अध्ययनरत नेपाली बिध्यार्थीले शुक्रवार प्रधानमन्त्री ओलीलाई भेटेका छन्।

    images
    images
    images

    बाङ्लादेशको पछिल्लो राजनीतिक घटनाक्रमले स्थायित्वको बाटो लिएको अन्तरिम सरकारका अधिकारीले बताइरहेका छन्। लोकतंत्रको संस्थागत अभ्यास मार्फत बंगलादेशको स्थिर सरकार र बिकास देख्न चाहेको पररास्ट्र मन्त्रालय मार्फत नेपाल सरकारले स्पस्ट पारिसकेको छ।

    शेख हसिनाको बहिर्गमन संगै आन्दोलित बिद्यार्थीले उनकै निवासमा बिरोध र तोडफोड जारि राखेका छन् उता हसिनाले भने आफ्नो पिताको अपमान भएको र भोलि सहज बातावरण बने स्वदेश फर्कने बताएकी छिन्। बिदेशीको इसारामा यो गतिबिधि भैरहेको उनले बताइरहदा अमेरिका लगायतका देशले आफ्नो बंगलादेश प्रतिको आधिकारिक धारणा स्पस्ट पारेका छन्। 

    यता हजारौको ठुलो संख्यामा बाङ्लादेशमा चिकित्साशास्त्र अध्ययनरत नेपाली बिद्यार्थी आफ्नो भबिष्य बारे बंगलादेश सरकार संग कुटनीतिक पहल गरिदिन नेपाली बिद्यार्थीहरुले बिहिबार पुर्व प्रधानमन्त्री लगायतलाई भेटघाट गरेका छन् । शुक्रबार प्रधानमन्त्रीलाई भेटघाट गरेर समस्याबारे अबगत गराएका छन्।

    प्रधानमन्त्रीको प्रतिक्रिया सकारात्मक आएको सहभागी एक बिध्यार्थीले एभरेस्ट हेडलाइन्सलाई बताए। चिकित्साशास्त्र अध्ययनको लागि बाङ्लादेश नेपाली विद्यार्थीको पहिलो रोजाइको गन्तब्य हो। पछिल्लो अवस्थाले आफ्नो लगानी र भबिष्यबारे सम्बेदनशील बनिदिन र हालसाल देखिने नेपालमै इन्टर्नशिप गर्ने व्यवस्था मिलाइदिनु पर्ने उनीहरुको आग्रह छ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट