images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ४ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ४ २०८१
  • लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

    दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे  बस्ने भएको छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

    images
    images
    images

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए  । सङ्घमा सत्ता समीकरण फेरिएसँगै गत  साउन ७ मा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    सतासी प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्दछ  । आचार्यलाई  एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेशसभा सदस्यको समर्थन रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार