काठमाडौँमा गाईजात्रा (तस्बिरहरु)
काठमाडौँमा गाईजात्रा (तस्बिरहरु)
काठमाडौँ । काठमाडौं उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै छ । दिवङ्गत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर विशेषगरी नेवार समुदायले गाईलाई नगर परिक्रमा गराउँदै यो पर्व मनाउने गर्दछन् ।
आज बिहानै बसन्तपुर र हनुमानढोका क्षेत्रमा गाईजात्रा पर्व मनाइएको छ । बालबालिकालाई गाईको नक्कल गर्न लगाई नगर परिक्रमा गराउने चलन पनि छ ।