नागढुंगामा सुख्खा पहिरो, त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध
नागढुंगामा सुख्खा पहिरो, त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध
काठमाडौँ । त्रिभुवन राजपथअन्तर्गत नागढुंगाको नागमन्दिर नजिकै सुख्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । आज बिहान ११ बजेतिर खसेको सुख्खा पहिरोले नागढुंगा-काठमाडौं सडक दुईतर्फी अवरुद्ध बनेको हो ।
ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेकाले यातायात सञ्चालन ठप्प भएका छन् । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाको नाग मन्दिर नजिक ठूलो पहिरो खसेकाले दुईतर्फ नै आउ–जाउ बन्द भएको छ ।
पहिरो झर्ने क्रम नरोकिएकोले पहिरो पन्छाउन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ । राजमार्ग बन्द भएकाले यात्रुहरु मर्कामा परेका छन् ।