Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

आँबुखैरेनी बस दुर्घटना : १४ जनाको मृत्यु, १६ यात्रुको उद्धार

आँबुखैरेनी बस दुर्घटना : १४ जनाको मृत्यु, १६ यात्रुको उद्धार

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ७ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ७ २०८१
  • आँबुखैरेनी बस दुर्घटना : १४ जनाको मृत्यु, १६ यात्रुको उद्धार

    तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा भएको बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेका १६ यात्रुको उद्धार गरिएको छ । 

    images
    images
    images

    पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरप्लेटको बस मस्याङ्दी नदीमा खसेको हो । तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायका बसमा भारतीय यात्रु सवार थिए । यात्रुको सङ्ख्या भने एकिन हुन सकेको छैन । 

    अहिले सशस्त्र प्रहरी बलको गोताखोर टोलीले घट्नास्थलमा यात्रुको उद्धार गरिरहेको छ । यात्रुको उद्धारका लागि १० जनाको गोताखोर टोली घट्नास्थलमा परिचालन गरिनुका साथै उनीहरुलाई  अस्पताल लैजाने कार्य जारी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । अप्ठ्यारो भीर भएका कारण घाइतेको उद्धारमा कठिनाइ भइरहेको उनले बताए । उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ ।  बसमा झण्डै ४० भारतीय यात्रु सवार रहेको बताइएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट