नारायणगढ-मुग्लिन सडकको सत्रकिलोमा ढुंगाले लागेर बस पल्टियो, २५ यात्रु घाइते
नारायणगढ-मुग्लिन सडकको सत्रकिलोमा ढुंगाले लागेर बस पल्टियो, २५ यात्रु घाइते
चितवन । नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा गुडिरहेको बसमाथि शुक्रबार दिउँसो अचानक ढुंगा खस्दा बस अनियन्त्रित भइ सडकमा पल्टेको छ । बस पल्टदा २५ यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये दुईजना अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएकोछ । रौतहट गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि दिउँसो पौने दुई बजेतिर ढुंगा खसेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भेषराज रिजालले बताए ।
घाइतेहरूको भरतपुरको सरकारी अस्पताल, पुरानो मेडिकल कलेज र नयाँ मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
सत्रकिलोमा यसअघि बुधबार बिहान काठमाडौंबाट भरतपुर आउँदै गरेको माइक्रोबसमाथि ढुंगा खस्दा दुई यात्रु सामान्य घाइते भएका थिए । गएको असार २८ गते बिहानपख यही ठाउँमा बसमाथि ढुंगा खस्दा चालकको निधन भएको थियो ।