Feb 01 2025 | २०८१, माघ १९ गते

images
images

विगतभन्दा राम्रो गर्नका लागि वर्तमान सरकार बनेको होः उपप्रधानमन्त्री सिंह 

विगतभन्दा राम्रो गर्नका लागि वर्तमान सरकार बनेको होः उपप्रधानमन्त्री सिंह 

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ९ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ९ २०८१
  • विगतभन्दा राम्रो गर्नका लागि वर्तमान सरकार बनेको होः उपप्रधानमन्त्री सिंह 

    काठमाडौँ। उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको जीवनलाई सहज बनाउन सरकारले काम गरिरहेको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    images
    images
    images

    उनले उपभोक्ताको जीवनलाई सहज गर्नका लागि अहिले बजारमा देखिएका र आपूर्ति प्रणालीमा देखिएका समस्याहरूको समाधान गरिरहेको बताए। उनले भएका कमी कमजोरी सुधार गरेर सरकार अघि बढिरहेको जानकारी दिए ।

    उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकार नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर बनाएको भन्दै रकारले सात बुँदे समझदारीअनुसार सुशासन लगायतमा काम गरिरहेको बताए ।

    उनले भने, ‘‘उपभोक्ताको जीवनलाई सहज गर्नका लागि अहिले बजारमा देखिएका आपूर्ति प्रणालीमा देखिएका कमी कमजोरीहरू छन्, यसमा प्रस्ट पारेपछि सरकारले आफ्ना कामहरू कार्यान्वयन गराउन बाटो दिन्छ ।

    यो वर्तमान सरकार काँग्रेस र एमाले मिलेर बनेको सरकारले सात बुँदे समझदारीअनुसार सुशासन दिनेदेखि हरेक कुरामा यो भन्दा अगाडिको भन्दा वेटर गर्न, सुधार गर्नका लागि हामीले अहिले काम अघि बढाउँदै छौँ ।’’उपप्रधानमन्त्री सिंहले विगतको भन्दा राम्रो गर्नका लागि वर्तमान सरकार बनेको बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार