Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

मानसरोवर कैलास जाने सडक सञ्चालनमा

मानसरोवर कैलास जाने सडक सञ्चालनमा

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ९ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ९ २०८१
  • मानसरोवर कैलास जाने सडक सञ्चालनमा

    रसुवा । वर्षाका कारण मानसरोवर कैलास जाने चीन तर्फको भू–भागमा शुक्रवार रातिदेखि अवरुद्व सडक आजदेखि सञ्चालनमा आएको छ । केरुङ खोलाले कटान गरेको सडक चिनियाँ पक्षले पुनः निर्माण गरेपछि आज अपराह्नदेखि मानसरोवर कैलास जाने दर्शनार्थीहरूको आवतजावत खुल्ला भएको सीमा सुरक्षा अधिकारीले जनाएका छन् । 

    images
    images
    images

    प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालकानुसार रसुवागढीको मितेरीपुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भूभागअन्तर्गत केरुङ खोलामा आएको बाढीले राजमार्ग कटान गरेपछि रोकिएका सबै यात्रु मितेरीपुलबाट आउजाउ गर्न थालेका छन् ।

    सडक अवरुद्ध हुँदा कैलासबाट नेपाल फर्किन लागेका करिब पाँच सय यात्रु केरुङमा र तीर्थ जाँदै गरेका एक सय यात्रु  रसुवागढीमा रोकिएका थिए । रोकिएका यात्रु अध्यागमनको प्रक्रिया पु¥याई गन्तव्य जान थालेका प्रजिअ खनालले जानकारी दिए । 

    रोकिएका यात्रुलाई गन्तव्यमा जान नेपाल प्रहरी र सशस्त्र प्रहरी बल २० नं गुल्म रसुवाले समन्वय गरी यथेष्ट सहयोग गरेको प्रजिअ खनालले बताए। 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट