Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

सहकारी ठगीसम्बन्धका बयान सकिएपछि प्रतिवेदन लेखनमा जुट्यो छानबिन समिति

सहकारी ठगीसम्बन्धका बयान सकिएपछि प्रतिवेदन लेखनमा जुट्यो छानबिन समिति

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १२ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १२ २०८१
  • सहकारी ठगीसम्बन्धका बयान सकिएपछि प्रतिवेदन लेखनमा जुट्यो छानबिन समिति

    काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समिति प्रतिवेदन लेखनको तयारीमा जुटेको छ । अहिले समितिको बैठक बसिरहेको छ ।

    images
    images
    images

    आजको बैठकबाटबाट प्रतिवेदन लेखन कार्य सुरु हुने समिति सदस्य लेखनाथ दाहालले जानकारी दिए ।  समितिले टिओआरको अनुसूची १ र २ मा भएको २९ सहकारीका प्रतिनिधिसँग बयान लिएको थियो । यस्तै‚ रास्वपा सहमहामन्त्री विपिन आचार्य र सभापति रवि लामिछानेसहित विभिन्न हाई प्रोफाइल व्यक्तिको समेत बयान समितिले लिएको थियो ।  प्रतिनिधिसभाको जेठ १५ गते बसेको बैठकले नेकपा (एमाले) सांसद सूर्य थापाको नेतृत्वमा विशेष समिति गठन गरेको हो।

    समितिको म्याद यही भदौ १५ गते सकिँदैछ । तर‚ काम थालनी गरेको ३ महिना समितिको समायवधी भएकाले भदौ २२ सम्म समय पाउनुपर्ने समिति सदस्यहरूको मत छ ।

    थापाको समितिमा एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट दिलेन्द्र बडू (पहिले बद्री पाण्डे) र ईश्वरीदेवी न्यौपाने, नेकपा (माओवादी केन्द्र)बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्।

    समितिले सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं प्रणालीको नियमन, सुपरीवेक्षण र पारदर्शिता सम्बन्धनमा अध्ययन गरी सुझाव दिनु टिओआरमा उल्लेख छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट