Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

छानबिन समितिले दिएका प्रतिवेदनबारे समीक्षा गर्नुपर्छ :  मन्त्री पाण्डे

छानबिन समितिले दिएका प्रतिवेदनबारे समीक्षा गर्नुपर्छ :  मन्त्री पाण्डे

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १३ २०८१
  • छानबिन समितिले दिएका प्रतिवेदनबारे समीक्षा गर्नुपर्छ :  मन्त्री पाण्डे

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई दुर्घटनापछि बनेका छानबिन समितिले दिएका प्रतिवेदन तथ्य परक छन् या छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताएका छन् ।

    images
    images
    images

    वायु सेवा सञ्चालक सेवा सङ्घ नेपालद्वारा आज आयोजित हवाई सुरक्षासम्बन्धी दुईदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपालको हवाई दुर्घटनापछि छानबिन गर्न बनेका समिति कतिको सत्य र तथ्यमा आधारित छन् भन्नेबारे समीक्षा गर्नुपर्ने उल्लेख गरे ।

    “छानबिन समिति बन्ने गरेका छन् । बनेका छानबिन समिति कतिको सत्यतथ्यमा आधारित छन् त्यसको समीक्षा गर्ने बेला भएको छ”, उनले भने, “यदि दिएका प्रतिवेदन तथ्य परक थिए भने त्यसको कार्यान्वयन किन हुन सकिरहेको छैन त्यसबारे सोच्नुपर्ने बेला आएको छ ।”

    मन्त्री पाण्डेले आन्तरिक हवाई यात्रुमा समेत उड्डयन क्षेत्रप्रतिको विश्वासमा क्षयीकरण भएको बताए । उनले यसबारेमा सरोकारवाला निकाय गम्भीर र सचेत बन्नुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट