Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

बाँके बस दुर्घटना अपडेट : घाइतेमध्ये थप एक जनाको उपचारका क्रममा मत्यु

बाँके बस दुर्घटना अपडेट : घाइतेमध्ये थप एक जनाको उपचारका क्रममा मत्यु

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १३ २०८१
  • बाँके बस दुर्घटना अपडेट : घाइतेमध्ये थप एक जनाको उपचारका क्रममा मत्यु

    बाँके । बाँकेको गनापुरमा भएको बस दुर्घटनाका घाइतेमध्ये थप एक जनाको मत्यु भएको छ । दुर्घटनामा दाङ घोराहीका ३० वर्षीय बिमल राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।  

    images
    images
    images

    दुर्घटनामा गम्भीर घाइते भएका राईको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

    यसअघि दुर्घटनामा गम्भीर घाइते भएका दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरकै २४ वर्षीय सन्तोष भुषालको भेरी अस्पतालमा मृत्यु भएको थियो ।  

    दाङको तुलसीपुरदेखि नेपालगन्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस बिहीबार मध्यान्हतिर दुर्घटनामा परेको थियो ।  दुर्घटनामा घाइते  भएका २५ जनाको नेपालगन्ज र कोहलपुरमा उपचार भइरहेको छ ।  

    प्रवक्ता डाँगीका अनुसार भेरी अस्पतालमा २१ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकी ४ जनाको उपचार भइरहेको छ । घाइते एक जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भएकोमा डिस्चार्ज भईसकेका छन् ।  

    दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट