Sep 16 2024 | २०८१, भदौ ३१ गते

अध्यक्ष ढकालद्धारा आफ्ना सदस्य र समग्र निजी क्षेत्रलाई खेलकुदमा सहयोग बढाउन आव्हान

अध्यक्ष ढकालद्धारा आफ्ना सदस्य र समग्र निजी क्षेत्रलाई खेलकुदमा सहयोग बढाउन आव्हान

एभरेष्ट हेडलाइन्स
शनिबार, भदौ २२ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, भदौ २२ २०८१
  • अध्यक्ष ढकालद्धारा आफ्ना सदस्य र समग्र निजी क्षेत्रलाई खेलकुदमा सहयोग बढाउन आव्हान

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार प्यारालम्पिकमा तेक्वान्दोमा काश्य पदक बिजेता २१ वर्षीय पलेशा गोवद्र्धनलाई सम्मान गरेको छ । महासंघले गोवद्र्धनलाई रु तीन लाख, प्रशिक्षक कविराज नेगी लामालाई रु एक लाख पच्चीस हजार र व्यवस्थापक  रामचन्द्र श्रेष्ठलाई पचहत्तर हजार रुपैया सहित सम्मान गरेको हो । गोवद्र्धन प्यारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

    images
    images

    सम्मान कार्यक्रममा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले  गोवद्र्धन, प्रशिक्षक र म्यानेजरलाई वधाइ ज्ञापन गर्नु हुँदै यसरी सम्मान गर्न पाउदा खुशी लागेको वताए । साथै उनले महासंघका सदस्य एवं सम्पुर्ण निजी क्षेत्रलाई प्रतिभावान खेलाडि श्री गोवद्र्धन लगायत अन्य खेलाडि र खेल क्षेत्रलाई यथा सम्भव सहयोग बढाउन पनि आग्रह गरे । ‘नेपाली युवाहरु प्रतिभावान छन,’ उनले भने, ‘विश्वका अन्य मुलुक जस्तै नेपालमा सरकार संगै निजी क्षेत्रले पनि खेल क्षेत्रको प्रवद्र्धनमा सहयोग पुर्याउनुपर्छ ।’

    गोवद्र्धनले २०२४ पेरिस प्यारालम्पिक खेलमा तेक्वान्दोमा कांस्य पदक जित्दै नेपाली खेलकुदको इतिहासमा नयाँ अध्यायको शुरुवात गरेकी छन् । यो पदक नेपालका लागि ओलम्पिकमा पहिलो पटक हासिल भएको हो । 

    गोवद्र्धनले आफ्नो सफलताले भविष्यका खेलाडीहरूलाई प्रेरित गर्ने बताइन् । महिलाहरूको ५७ के.जी. के–४४ वर्गमा गोवद्र्धनले सर्बियाकी मारिजा माइसिभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक हात पारेकी थिइन् । 

    पेरिस प्यारालम्पिकमा गोवर्धनको ऐतिहासिक विजय नेपाली खेलाडीहरूको लागि अन्तर्राष्ट्रिय मञ्चमा नयाँ मापदण्ड स्थापित गरेको हुँदा नेपालका लागि गर्वको क्षण भएको महासंघ अध्यक्ष ढकाललको भनाइ छ । महासंघ नेपालका निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने गैह्रनाफामूलक संस्था हो । 
     

      

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार