Sep 16 2024 | २०८१, भदौ ३१ गते

गुणस्तरीय निर्माणलाई मूलमन्त्र बनाउन मुख्यमन्त्रीको आग्रह

गुणस्तरीय निर्माणलाई मूलमन्त्र बनाउन मुख्यमन्त्रीको आग्रह

एभरेष्ट हेडलाइन्स
शनिबार, भदौ २२ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, भदौ २२ २०८१
  • गुणस्तरीय निर्माणलाई मूलमन्त्र बनाउन मुख्यमन्त्रीको आग्रह
    मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री  हिक्मतकुमार कार्कीले  राष्ट्र निर्माणमा निर्माण व्यवसायीहरुले महत्वपूर्ण योगदान रहेको बताउँदै गुणस्तरीय निर्माणलाई मूलमन्त्र बनाउन आग्रह गरेका छन् । 
     
    मोरङ निर्माण व्यवसायी सङ्घको २७ औँ साधारण सभाको आज उद्घाटन गर्दै उनले व्यवसायीहरुले  निर्माण क्षेत्रका समस्या समाधान गर्न आफू तयार रहेको बताए । उनले खरिद ऐनप्रति लक्ष्य गर्दै निर्माण व्यवसायीलाई सहज हुनेगरी नीतिनियम सच्च्याइने प्रतिबद्धता व्यक्त गरे। उनले भने , “चालु आर्थिक वर्षको मौद्रिक नीतिले निर्माण व्यवसायीमा आशा जगाएको छ ।” साथै उनले व्यवसायीलाई भुक्तानी दिने प्रतिबद्धता पनि व्यक्त गरे । 
     
     
    निर्माण व्यवसायी महासङ्का  अध्यक्ष रवि सिंहले भुक्तानीमा भएको विलम्बले निर्माण व्यवसायीहरु गम्भीर आर्थिक समस्यामा परेका बताए । उनले सम्पन्न भएका परियोजनाको रकम अविलम्ब दिनुपर्नेमा जोड दिए । उनले निर्माण व्यवसायी सङ्घका कारण २५ लाखले रोजगारी पाएका बताए ।

     

    images
    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार