Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

१६ वर्ष नेपाली आकाशमा उडेको बुद्ध एयरको एटिआर-४२ जहाजको बिदाई

१६ वर्ष नेपाली आकाशमा उडेको बुद्ध एयरको एटिआर-४२ जहाजको बिदाई

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २५ २०८१
  • १६ वर्ष नेपाली आकाशमा उडेको बुद्ध एयरको एटिआर-४२ जहाजको बिदाई

    काठमाडौँ। १६ वर्ष नेपाली आकाशमा उडेको बुद्ध एयरको नाइनएन-एआइएन जहाजको उडान बन्द हुने भएको छ । उडान अवधिभर विमानबाट १८ लाख यात्रुलाई उडान सेवा दिएको यो जहाज बुद्ध एयरले सन् २००८ मा नेपाल ल्याएको थियो । विमान निर्माता कम्पनीले तोकेको जम्मा उडान संख्याको साइकल पुरा भएपछि उक्त विमानलाई उडानबाट बिदाई गरिएको हो ।

    images
    images
    images

    प्राविधक तवरले जहाजको उमेर उसको उडान अवतरण संख्याले निर्धारण गर्ने गर्दछ । हरेक उडान अवतरणको निश्चित संख्यापछि मर्मत सम्भार तथा पार्टपुर्जा फेर्नै पर्ने तथा विमान निर्माता कम्पनीले तोकेको साईकलभन्दा अतिरिक्त उडान गर्न पाइदैन । यसपछि जहाजलाई विदाई गर्नैपर्ने हुन्छ ।

    विगत १६ वर्षमा बुद्ध एयरले १९ वटा एटिआर जहाजहरू भित्र्याइसकेको छ । बुद्ध एयर एटिआर अपरेटरतर्फ संसारकै सातौँ ठूलो एयरलाइन्स कम्पनी बनेको छ ।

    बिदाई गर्न लागेको जहाज नेपाली रजिष्ट्रेशन 9N-AIN तथा जहाज म्यानुफ्याक्चरिङ सिरियल नम्बर MSN403 ले व्यवसायिक उडानमार्फत ७० हजार उडान अनावरण पुरा गरेको छ । १६ वर्ष ३ दिने उडानका अवधिमा यसले अठार लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको बुद्ध एयरले जनाएको छ । 

    एटिआरले अहिलेससम्म हजारौं जहाजको निर्माण गरिसकेको छ । एटिआर जहाजको पूर्ण सञ्चालन अवधि पार गरि यसरी बिदाई गर्न लागेको विश्वमै यो पहिलो पटक भएको कम्पनीको दाबी छ ।

    उक्त जहाजको बिदाई कार्यक्रममा ‘एटिआर विमानको मर्मतसम्भार र उडान सञ्चालनमा बुद्ध एयरको टेक्निकल तथा अपरेसन टिम विकसित राष्ट्रकोभन्दा कम नरहेको बरु अब्बल रहेको’ बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले बताए । यसैगरी टीआरका प्रतिनिधि पवन तनवनीले  बुद्ध एयरको जहाजका दक्ष जनशक्तिको उच्च प्रशंसा गरे । कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि, विभिन्न बैंकका उच्च अधिकृतहरूको पनि उपस्थिति  थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट