Sep 28 2024 | २०८१, असोज १२ गते

एयरएसिया मार्फत बैंककको लागि सिधा उडान,काठमाडौंभरि रोमाञ्चक गतिविधिहरुको शुरुवात

एयरएसिया मार्फत बैंककको लागि सिधा उडान,काठमाडौंभरि रोमाञ्चक गतिविधिहरुको शुरुवात

एभरेष्ट हेडलाइन्स
शनिबार, भदौ २९ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, भदौ २९ २०८१
  • एयरएसिया मार्फत बैंककको लागि सिधा उडान,काठमाडौंभरि रोमाञ्चक गतिविधिहरुको शुरुवात

    काठमाडौं । काठमाडौंबाट बैंकक, थाइल्याण्डसम्मको हाम्रो नयाँ सीधा उडानहरूको शुरुवातको विशेष एक्टिभेसन कार्यक्रमहरूको घोषणा गरिएको छ। एयरएसिया ब्रान्डसँग संलग्न हुने, रोमाञ्चक गतिविधिहरूको आनन्द लिने र आकर्षक पुरस्कारहरू जित्ने मौकाको लागि काठमाडौंका विभिन्न स्थानहरूमा हामीसँग सामेल हुनुहोस् ।  

    images
    images

    कार्यक्रम विवरण 
    (१३ सेप्टेम्बर, छाँया सेन्टर, ठमेल 
    (२८ सेप्टेम्बर, केएल टावर, चाबहिल 
    (१९ अक्टोबर, सिभिल मल, कान्ति पथ 
    (९ नोभेम्बर, लबिम मल, ललितपुर 

    कार्यक्रमहरुमा आगन्तुकले बैंककको लागि निस्शुल्क राउन्ड ट्रिप टिकट जित्ने र विभिन्न आकर्षक खेलहरूको आनन्द लिने र रोमाञ्चक उपहारहरू जित्ने मौका पाउनेछन्। 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एयरएसिया स्टेशन म्यानेजर निवेश शाक्यले भने, 'हाम्रा मूल्यवान ग्राहकहरूका लागि बैंककको सिधा उडानहरू ल्याउन पाउँदा हामी उत्साहित छौँ। यी कार्यक्रमहरुलाई हामीले ग्राहकहरुसंग रमाउने र एयरएसियासँगको यात्राको अनुभव बाढ्ने माध्यमका रुपमा लिएका छौँ।'

    हामी नेपालका सबै यात्रुहरूलाई एयरएसियासँग आफ्नो यात्राको अनुभव बाँड्न र रमाइला कार्यक्रमहरूमा भाग लिन हामीसँग सामेल हुन आमन्त्रित गर्दछौँ। उत्कृष्ट पुरस्कारहरू जित्ने र अविस्मरणीय अनुभवहरू बनाउने अवसरमा अवश्य सामेल हुनुहोस् ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार