Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

बसन्तपुरबाट बालेन समर्थक १३ जना प्रहरी नियन्त्रणमा

बसन्तपुरबाट बालेन समर्थक १३ जना प्रहरी नियन्त्रणमा

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज १ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज १ २०८१
  • बसन्तपुरबाट बालेन समर्थक १३ जना प्रहरी नियन्त्रणमा

    काठमाडौँ । इन्द्रजात्राको अवसरमा बालेनको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर दरबार पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    प्रहरीले बालेनको टिसर्ट लगाएका १३ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ । बालेनको समर्थन र नेताहरुको विरोधमा गत बर्ष जस्तै हुटिङ हुनबाट रोक्न प्रहरीले सादा पोषाकमा प्रहरीलाई समेत परिचालन गरेको छ । यद्यपि बालेन अहिले नेपालमा छैनन् । आफूप्रति केन्द्र सरकारले इन्द्रजात्रामा सहभागी हुन अवरोध सिर्जना गर्ने संकेत पाएपछि उनी बैंगलौरमा एल्मुनाइ कार्यक्रम सहभागी हुन भन्दै भारत गएका छन् । जात्रामा सभ्य भएर मनाउनुपर्नेमा कोही–कसैको पक्षमा नाराबाजी हुल–हुज्जत गर्न नहुने भन्दै काठमाडौं प्रहरी प्रमुख वसन्त रजौरेले उनीहरुलाई नियन्त्रणमा लिएको तर्क गरेका छन् । 

    पछिल्लो समयमा ठूला दलका नेताहरु जनतादेखि तिरस्कृत हुँदै आएका छन् भने युवा नेता बालेन जनतामाझ लोकप्रिय बनेका छन् । आजको कार्यक्रममा बालेन सहभागी नहुने भए पनि उपमेयर सुनिता डंगोल भने सहभागी भइन ।  हरेक बर्ष वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी इन्द्रजात्रा मनाइन्छ । शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट