Sep 20 2024 | २०८१, असोज ४ गते

आफूलाई पक्राउ गर्न लागेपछि चक्का जाम गर्न दुर्गा प्रसाईंको चेतावनी

आफूलाई पक्राउ गर्न लागेपछि चक्का जाम गर्न दुर्गा प्रसाईंको चेतावनी

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ३ २०८१
  • आफूलाई पक्राउ गर्न लागेपछि चक्का जाम गर्न दुर्गा प्रसाईंको चेतावनी

    काठमाडौँ । आफूलाई अदालतले पक्राउ पुर्जी जारी गरेपछि दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ महाअभियान’ले भोलि देशभर चक्का जाम गर्ने चेतावनी दिएको छ ।

    images
    images

    प्रसाईंलाई विद्युतीय कारोबारअन्तर्गत पक्राउ गर्न बुधबार जिल्ला अदालत काठमाडौँले अनुमति दिएको थियो । त्यसको विरोधमा बिहीबार विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जी तत्काल फिर्ता नलिए आज राँके जुलुस र विरोध प्रदर्शन गर्ने तथा ४ गते गते चक्काजाम गर्ने जनाएको हो ।

    महाअभियानले प्रसाईंका साथै युट्युबर प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेमाथि कपोकल्पित र झुटा मुद्दा लगाएर पक्राउ पुर्जी जारी गरी राज्यले दमन कार्य नीति अपनाएको जनाएको छ ।

    ‘मिति २०८१ साल असोज ३ गते देशैभर विरोधसभा राँके जुलुस, विरोध प्रदर्शन र भोलि असोज ४ गते देशैभर चक्काजाम, विरोध सभा, धर्ना लगायतका कार्यक्रम अघि बढाउनु हुन सबै नगर, जिल्ला, अञ्चल तथा केन्द्रीय पदाधिकारी ज्युहरुलाई यसै विज्ञप्तिमार्फत हार्दिक आह्वान गर्दछौँ,’ महाअभियानको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट