Sep 20 2024 | २०८१, असोज ४ गते

सहज ढङ्गले व्यवसाय सञ्चालनका लागि महानगरसँग कबाड व्यवसायीको माग

सहज ढङ्गले व्यवसाय सञ्चालनका लागि महानगरसँग कबाड व्यवसायीको माग

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ३ २०८१
  • सहज ढङ्गले व्यवसाय सञ्चालनका लागि महानगरसँग कबाड व्यवसायीको माग

    काठमाडौँ । कबाड व्यवसायी समाजले सहज र सरल ढङ्गले व्यवसाय सञ्चालनका लागि सहयोग गर्न काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण गराएको छ । आज बृहत् भेलागरी महानगरका नगरप्रमुख बालेन शाहको ध्यानाकर्षण गराइएको समाजका अध्यक्ष रामकेवल गुप्ताले जानकारी दिए ।
         
    उनले प्रचलित कानुनबमोजिम दर्ता नवीकरण गराउन चाहेका कबाड व्यवसायलाई दर्ता नवीकरण गराउन माग गरे । महानगरका वडा कार्यालयले कबाड व्यवसायको दर्ता नवीकरण नगरेको र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा महानगरले कबाडी व्यवसायमा दर्ता गर्न रोक लगाएको उनले दाबी गरे । भेलामा आम आदमी पार्टीका अध्यक्ष प्रमुख साहलगायत नेताहरुको पनि उपस्थिति थियो ।
         
    कबाड व्यवसायमा आबद्ध व्यक्तिलाई बेरोजगार बनाइरहेको छ र पेसा व्यवसाय गर्न पाउने हकको हनन गरेको, स्वतन्त्र रुपमा आफ्नो व्यवसाय गर्न पाउने हकको सुनिश्चित हुनुपर्ने माग समाजले गरेको छ । 

    images
    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट