सहकारी ठगलाई समातेर प्रहरीमा बुझाइदिन रास्वपा कार्यकर्तालाई मुकुलको आग्रह
सहकारी ठगलाई समातेर प्रहरीमा बुझाइदिन रास्वपा कार्यकर्तालाई मुकुलको आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाउन रास्वपाका कार्यकर्ताहरुलाई मुकुल ढकालले आग्रह गरेका छन् । ढकालले सोमवार सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै सहकारीको रकम अपचलन गरेका लामिछानेलाई पाटीभित्र बसिरहन छुट नभएको बताउँदै तुरुन्त प्रहरीको जिम्मा लगाउनु पर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा ढकाल लेख्छन्– ‘प्रिय रास्वपा मित्रहरू, हामीले बनाएको पार्टी भ्रष्ट, ठग, दलाल र अपराधीको संरक्षणको लागि होइन बल्की तिनीहरुको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो । तपाईंहरुको उर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो । हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईँहरूलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाईदिनुस् ताकि कानूनभन्दा माथि कोही हुनु हुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस् ।’ उनी अगाडि लेख्छन्– ‘विधिको शासन स्थापना गर्ने बेला हो । ठग जो सुकै होस्, हाम्रै पार्टीको किन नहोस्, जेलमा कोच्ने बेला हो । कुनै व्यक्ति विशेषको ठगी जोगाउनका लागि पार्टी प्रयोग हुनु हुँदैन, गर्नु हुँदैन ।’ लामिछानेले सहकारीबाट आएको रकम गोरखा मिडिया नेटवर्कमार्फत अपचलन गरेको समितिले ठहर गरेको छ ।