सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख ६० हजार ४ सय रुपैयाँ पुग्यो
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख ६० हजार ४ सय रुपैयाँ पुग्यो
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलामा ७ सयले बढेर तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो।
यसअघि मंगलबार सुन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य पनि बढेको छ। तोलामा ४० रुपैयाँले बढेर आज चाँदीको मूल्य तोलाको १९५५ रुपैयाँ कायम भएको महासङ्घले जानकारी दिएको छ।