Feb 20 2025 | २०८१, फागुन ८ गते

images
images

रवि लामिछानेले सहकारी ठगीको अनुसन्धान रोक्न खोजेको महासचिव पोखरेलको आरोप

रवि लामिछानेले सहकारी ठगीको अनुसन्धान रोक्न खोजेको महासचिव पोखरेलको आरोप

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज ९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज ९ २०८१
  • रवि लामिछानेले सहकारी ठगीको अनुसन्धान रोक्न खोजेको महासचिव पोखरेलको आरोप

    काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले म निर्दोष छु, क्लिन चिट पाएँ भनेर घोषणा गर्नु अनुचित भएको बताएका छन् ।

    images
    images
    images

    धनगढीमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव पोखरेलले भने, ‘क्लिन चिट त्यतिबेला प्राप्त हुन्छ, जतिबेला अनुसन्धानको प्रक्रियामा प्रवेश गरेर सफाइ प्राप्त हुन्छ । हल्ला गरेको भरमा कसैले क्लिन चिट प्राप्त हुँदैन ।’

    त्यसअघि रविको नाम नलिई उनले सहकारी ठगी प्रकरणमा अनुसन्धानको पाटो चलिरहेको र त्यसमा निःशर्त सहयोग गर्नुपर्नेमा अवरुद्ध गर्न खोजेको आरोप पनि लगाए । ‘कुनै पनि राजनीतिक दल र नेतृत्वले अभियोग लाग्दा अनुसन्धानमा सहयोग गर्नुपर्छ ।’ पोखरेलले भने, तर, ‘जनताका बीचमा सुशासनका ठूला कुरा गरेर दल खडा गर्ने, आफूमाथि उठेका प्रश्नको सन्दर्भमा अनुसन्धान प्रक्रियामा जान नमान्ने कुनै अर्थमा उचित होइन ।’

    पक्राउ गर्ने हल्लाका बीच मंगलबार राति लाइभमा आएर रास्वपाका सभापति लामिछानेले आफूलाई राज्यले सिध्याउने षड्यन्त्र गरिरहेको र प्रतिवाद उत्रिन तयार रहन नेता कार्यकर्तालाई निर्देशन गरेका थिए । सोही भनाईलाई लक्षित गरेर पोखरेलको यो भनाई आएको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार