images

Oct 05 2024 | २०८१, असोज १९ गते

टेक्नोको दशैं अभियान "मनाऔँ चाडपर्व टेक्नोसँग" सुरु

टेक्नोको दशैं अभियान "मनाऔँ चाडपर्व टेक्नोसँग" सुरु

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज १७ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज १७ २०८१
  • टेक्नोको दशैं अभियान "मनाऔँ चाडपर्व टेक्नोसँग" सुरु

    नेपालमा छिटो भन्दा छिटो विस्तारीत भइरहेको मोबाइल ब्राण्ड टेक्नोले आफ्नो दशैँ अभियानलाई रोमाञ्चक अफरको साथ सुरु गरेको छ । "मनाऔँ चाडपर्व टेक्नोसँग" नामक यस योजना अन्तर्गत, टेक्नो फोन खरिद गर्दा ग्राहकहरूले थाइल्याण्डको नि:शुल्क भ्रमणको अवसर लगायत चेस्ट ब्याग, स्पिकर ब्लुटुथ स्पिकर सहित दैनिक उपहारहरु प्राप्त गर्न सक्नेछन् ।  

    images
    images
    images

    टेक्नोका नवीनतम सुपरस्टार फोनहरू, टेक्नो स्पार्क गो वान र बब्बाल च्वाइस फोन, टेक्नो स्पार्क थटी सी ले पहिले नै आफ्नो अविश्वसनीय सुविधाहरूले बजारमा तरंग ल्याइसकेका छन् । प्रारम्भिक मूल्य टेक्नो स्पार्क गो वान को लागि रु ११,९९०टेक्नो स्पार्क थटी सी को लागि रु १६,४९० रहेको छ । यसको आकर्षक विशेषताहरुले सर्वत्र ग्राहकहरुको मन जितेको छ ।

    टेक्नो स्पार्क गो वानमा सेग्मेन्ट फर्स्ट १२० हर्ट्ज रिफ्रेस रेट, ४ जीबि यार्म सहितको डुअल स्टेरियो स्पिकरहरू रहेका छन् र यसले चार वर्षको ल्याग फ्री कार्यसम्पादनको ग्यारेन्टी प्रदान गर्दछ।

    टेक्नो स्पार्क थटी सीमा ५० एमपी प्राइमरी क्यामेरा, १२० हर्ट्ज स्मूथ डिस्प्ले, ५००० mAh ब्याट्री र स्टाइलिश डिजाइन रहेका छन् । यो फोन, चार वर्षको ल्याग फ्री कार्यसम्पादनको ग्यारेन्टीका साथ जेन जी र ट्रेन्डसेटरहरूको लागि उत्कृष्ट विकल्प बनेको छ।

    नेपालभर ५० भन्दा बढी सेवा केन्द्रहरू भएको टेक्नोले ग्राहकहरुलाई एक उत्कृष्ट सेवा र सुविधा सुनिश्चित गर्दछ ।

     

    टेक्नोकोबारेमा

    टेक्नो ७० भन्दा बढी देश र पाँच महादेशका क्षेत्रहरूमा रहेको एक नवीन प्रविधिको ब्रान्ड हो। सुरुवात भएदेखि नै, टेक्नोले उदीयमान विश्व बजारहरूमा उल्लेखनीय डिजिटल अनुभव प्रदान गर्दै आएको छ । यसले नवीनतम प्रविधिहरू, आकर्षक डिजाइन र उत्कृष्ट संघटनका लागि निरन्तर जोड दिँदै आएको छ। आज, टेक्नोले स्मार्टफोन,स्मार्ट वियरेबल्स, ल्यापटप, ट्याब्लेट HiOS अपरेटिङ सिस्टम र स्मार्ट होम उत्पादनहरूको विस्तृत श्रृंखला मार्फत अत्याधुनिक आविष्कारहरू प्रदान गर्दै आफ्नो लक्षित बजारहरूमा एक मान्यता प्राप्त नेतृत्व विकास गरेको छ। “स्टप एट नथिङ” भन्ने नाराका साथ टेक्नो उत्कृष्ट र नयाँ प्रविधिहरू अनलक गर्न प्रतिबद्ध रहेको छ। स्टाइलिश र बौद्धिक उत्पादनहरु संगै टेक्नोले विश्वभरका उपभोक्ताहरूलाई आफ्नो उत्कृष्ट शैली र उत्कृष्ट भविष्यको लागि निरन्तर अग्रसर रहन प्रेरित गर्दछ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट