images

Oct 05 2024 | २०८१, असोज १९ गते

साइकल यात्रु साहको मृत्यु, भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार

साइकल यात्रु साहको मृत्यु, भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १८ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १८ २०८१
  • साइकल यात्रु साहको मृत्यु, भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार

    विराटनगर । एकीकृत भन्सार जाँच चौकीको प्रवेशद्वार नजिक ट्रकको ठक्करबाट घाइते भएका स्थानीय ६० वर्षीय साइकल यात्री श्याम साहको उपचारका क्रममा निधन भएपछि क्षतिपूर्तिको माग गर्दै आफन्तजन विरोधमा उत्रिएका छन् ।

    images
    images
    images

    ना ४ ख २४८३ नं को ट्रकले हिजो साँझ ठक्कर दिँदा घाइते भएका साइकल यात्री साहको उपचारका क्रममा आज बिहान मृत्युपछि क्षतिपूर्तिको मागसहित आफन्तजन विरोधमा उत्रिएका हुन् ।
     
    विरोधका क्रममा भीड नियन्त्रणमा नआएपछि स्थितिलाई सामान्य बनाउन प्रहरीले १० राउण्ड अश्रृग्यास प्रहार गर्नुपरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए । हाल त्यस क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।  

    ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाका सन्दर्भमा आवश्यक सोधपुछ तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट