images

Oct 06 2024 | २०८१, असोज २० गते

प्रसूति गृहमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु

प्रसूति गृहमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २० २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २० २०८१
  • प्रसूति गृहमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु

    काठमाडौँ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा दुई नयाँ सेवा सुरु भएको छ । अस्पतालले गर्भवती तथा सुत्केरीका लागि मानसिक स्वास्थ्य सेवाको ओपिडी र  नवजात शिशुमा वंशाणुगत रोग पत्ता लगाउन ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु गरेको हो ।

    images
    images
    images

    आजबाट सुरु भएको सेवाको शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अनिवार्य रुपमा दिनुपर्ने दुई सेवा अस्पतालले सुरुवात गर्नु राम्रो पक्ष रहेको बताए ।

    उनले भने, “मनोस्वास्थ्य ओपिडीले गर्भवती तथा महिलालाई सहयोग पु-याउनेछ । नवजात शिशुहरुको परीक्षण सेवा पनि अत्यावश्यक सेवा हो।”, मन्त्री पौडेलले यी सेवा व्यवस्थापनका लागि आवश्यक साधन स्रोतको व्यवस्थापनमा कमी हुन नदिने आश्वस्त पारे ।

    अस्पतालका निर्देशक डा निर्देशक श्रीप्रसाद अधिकारीले गर्भधारण गरेका वा सुत्केरीमा समस्याको जोखिम बढी भएकाले मनोस्वास्थ्य ओपिडि सेवा सुरु गरिएको बताए ।

    उनले भने, “गर्भवती तथा सुत्केरी अवस्थामा हुने मानसिक स्वास्थ्य समस्याहरुले महिलाको मात्रै नभएर बच्चाको समेत शारीरिक, मानसिक र भावनात्मक वृद्धि विकासमा नकरात्मक असर पर्छ । यस्तो अवस्थामा देखिने समस्यालाई समयमै पहिचान गर्न सकिएमा समाधान गर्न सकिन्छ ।”

    डा अधिकारीले नवजात शिशुमा हुनसक्ने ‘मेटाबोलिक डिसअर्डर’ पहिचान गरी समयमै उपचार गर्न र नवजात शिशुको मृत्युदर घटाउनका लागि सेवा सुरु गरिएको बताए । अस्पतालले गत साउनदेखि हालसम्म २०५ जना शिशुहरुमा यो परीक्षण गरिसकेको छ ।

    नवजात शिशु जन्मेको केही दिनभित्र गरिने ‘ब्लड स्पट टेस्ट’लाई ‘न्यु बर्न स्क्रिनिङ टेस्ट’ भनिन्छ । उक्त जाँचबाट नवजात शिशुमा हुनसक्ने विभिन्न प्रकारका वंशाणुगत समस्या पत्ता लगाउन सकिन्छ । 

    उक्त परीक्षणबाट हाल छ वटा वंशाणुगत रोगहरु पहिचान गर्न सकिने र भविष्यमा थप साधन स्रोत थपेर अरु रोगका लागि पनि सेवा सञ्चालन गर्ने लक्ष्य छ । परीक्षणमा पोजिटिभ आएका शिशुका लागि तुरुन्त आवश्यक उपचार सुरु गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार