आशा लघुवित्तले पायो १५ प्रतिशत लाभांश वितरण गर्न राष्ट्र बैंकको स्वीकृति
आशा लघुवित्तले पायो १५ प्रतिशत लाभांश वितरण गर्न राष्ट्र बैंकको स्वीकृति
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेले आफ्ना सेयर धनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्न अनुमति पाएको छ ।
कम्पनीले गत आवको मुनाफाबाट चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । कम्पनीको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको हो ।
यससँगै अब कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् लाभांश सेयरधनीहरूमा वितरण हुनेछ ।