images

Oct 23 2024 | २०८१, कात्तिक ७ गते

सरकारले कुलमानलाई सोध्यो स्पष्टिकरण, अधिकारको विवरणसमेत माग

सरकारले कुलमानलाई सोध्यो स्पष्टिकरण, अधिकारको विवरणसमेत माग

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २३ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २३ २०८१
  • सरकारले कुलमानलाई सोध्यो स्पष्टिकरण, अधिकारको विवरणसमेत माग

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ ।  मन्त्रालयले घिसिङसँग विगत चार वर्षमा प्राधिकरणबाट भए गरेका सबै काम, सहमति सम्झौता, कर्मचारी र वित्तीय विवरण मागेको छ । उर्जामन्त्री मन्त्री दीपक खड्काले कार्यकारी निर्देशक घिसिङलाई पत्र काट्दै १५ दिनभित्र सोधिएका प्रश्नको जवाफ माग गरेका हुन् ।

    images
    images
    images

    डेडिकेटेड फिडर तथा ट्रंकलाइनका विषयमा प्राधिकरणको सञ्चालक समितिमा पेस भएका विवरणहरु र सञ्चालक समितिले गरेका निर्णयहरु सहित स्पष्टिकरण दिन निर्देशक घिसिङलाई भनिएको छ। घिसिङसँग विगत ४ वर्षमा प्रत्यायोजन गरेको अधिकारको विवरणसमेत पेस गर्न सरकारले भनेको छ।

    साथै, प्राधिकरणका सहायक कम्पनीका ४ वर्षको वित्तीय विवरण, विगत ५ वर्षका केन्द्रीय स्टोर प्रमुखको विवरण, फर्छ्यौट हुन बाँकी बेरुजको अध्यावधिक विवरण, विगत ४ वर्षमा सञ्चालक समितिका सदस्यहरुको विदेश भ्रमणको विवरणलगायतका विवरण मागेको छ।

    ऊर्जा मन्त्रालयले सोधेको स्पष्टीकरणका विषयमा छलफल गर्न प्राधिकरणको सञ्चालक समितिको बोर्ड बैठक बुधवार बिहानका लागि बोलाइएको थियो।

    बिहान ११ बजे बस्ने बैठकका लागि मंगलबार राति साढे ९ बजे पत्राचार गरिएको थियो। तर, कोरम नपुगेकाले बोर्ड बैठक बस्न सकेन।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट