images

Nov 13 2024 | २०८१, कात्तिक २८ गते

images

‘नशामुक्ति र अपाङ्गतासम्बन्धी समस्या समाधान गर्न सहकार्य आवश्यक’

‘नशामुक्ति र अपाङ्गतासम्बन्धी समस्या समाधान गर्न सहकार्य आवश्यक’

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक २५ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक २५ २०८१
  • ‘नशामुक्ति र अपाङ्गतासम्बन्धी समस्या समाधान गर्न सहकार्य आवश्यक’

    काठमाडौँ । नशामुक्ति र अपाङ्गतासम्बन्धी समस्या समाधान गर्न सबैको आपसी सहकार्य र समन्वय आवश्यक पर्ने बताइएको छ । राजधानीमा आज सुरु भएको नशामुक्ति र अपाङ्गतासम्बन्धी जागरणमूलक युवा सम्मेलनको उद्घाटन सत्रमा सहभागी वक्ताले सहकार्य र समन्वयबाट समस्या समाधान गर्न सकिने धारणा राखेका हुन् ।

    images
    images
    images

    काशियाना फाउन्डेसनले आयोजना गरेको सम्मेलनको दीप प्रज्ज्वलन गरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गरेका थिए । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कतिपय युवाले माध्यमिक तह (९, १० कक्षा) मा प्रवेश गरेदेखि नशा सेवन सुरु गर्ने गरेको उल्लेख गर्दै यसबाट अपाङ्गताको अवस्थामा पुग्नेसम्मका समस्या आउने गरेको बताए । 

    नेपालमा जनसङ्ख्याको ४२ प्रतिशत युवा रहेकाले तिनलाई सत्मार्गमा ल्याउने गरी योजनासहित काम गर्न लागिएको उनले जानकारी दिए । नेपालमा खुला सीमा भएकाले पनि धेरै लागुऔषध भित्रने गरेको मन्त्री चौधरीले बताए । नशामुक्ति अभियानका लागि संयुक्त रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए ।  

    भारतीय जनता पार्टी (भाजपा) का महासचिव दुश्यन्त गौतमले काशियाना फाउन्डेसनले १० वर्षदेखि नशामुक्तिका क्षेत्रमा काम गरिरहेको जानकारी दिए । उनले नशामुक्तिका लागि दक्षिण एसिया क्षेत्रका देश मिलेर काम गर्नुपर्नेमा जोड दिए । 
     
    फाउन्डेसनका संस्थापक सुमित अङ्कुर सिंहले नशामुक्तिका लागि नेपालको पशुपतिनाथबाट भारतको विश्वनाथसम्म संस्थाले जागरणमूलक पदयात्राको तयारी गरिएको जानकारी दिए । सम्मेलनमा ३० देशका युवा प्रतिनिधिको सहभागिता रहेको छ ।
     
    कार्यक्रममा मणिपुरका विधायक रामेश्वर सिंह, फाउन्डेसनका अपाङ्गतासम्बन्धी सल्लाहकार दीपा मल्लिक, संरक्षक श्याम ज्याजु, नवीन वभनिया हरियाणा, डा भूपेन्द्र सिंह, आशीष गुप्तालगायतले नशामुक्तिका लागि आपसी सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट