Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

गरिमा विकास बैंक लि.द्धारा १८औं वार्षिकोत्सवको अवसरमा "Garima Road Race Competition-2081" आयोजना गर्ने

गरिमा विकास बैंक लि.द्धारा १८औं वार्षिकोत्सवको अवसरमा "Garima Road Race Competition-2081" आयोजना गर्ने

एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर ३ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर ३ २०८१
  • गरिमा विकास बैंक लि.द्धारा १८औं वार्षिकोत्सवको अवसरमा "Garima Road Race Competition-2081" आयोजना गर्ने

    काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा मिति २०८१ मंसिर ८ गते शनिवार"Garima Road Race Competition-2081"  आयोजना गर्दैछ । विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेट तर्फ ५ किलोमिटर दुरीको Road Race Competition-2081  आयोजना गर्न गईरहेको छ । दुवै विधा अन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुनेछन् । 

    images
    images
    images

    खुल्लातर्फको १० किलोमिटर Road Race Competition-2081  मा इच्छुक व्यक्तिले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् भने कर्पोरेट तर्फको ५ किलोमिटर Road Race Competition-2081 मा संघ संस्थाका कर्मचारी तथा पदाधिकारीहरुले मात्र सहभागिता    
     जनाउन सक्नेछन् । 

    Garima Road Race Competition-2081  को महिला र पुरुषतर्फको गरी चारवटै प्रतिश्पर्धामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हाँसिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः रु. ७५,०००/–, रु. ६०,०००/–, रु. ४५,०००/–, रु. ३०,०००/– र रु. १५,०००/– नगद पुरस्कार प्रदान गरिने छ ।  

    Garima Road Race Competition-2081 प्रतिस्पर्धामा सहभागिता जनाउन इच्छुक व्यक्तिले मिति २०८१ मंसिर ५ गतेसम्ममा विकास बैंकको आधिकारिक वेभसाईट www.garimabank.com.np  तथा आधिकारिक फेसबुक पेजमा वा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाण्डौंमा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ । निर्धारित सहभागी संख्या पुरा भएको अवस्थामा विकास बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्न सक्नेछ । साथै, प्रत्येक बर्ष यस किसिमको प्रतिस्पर्धा आयोजना गर्ने विकास बैंकको योजना रहेको छ ।  

    २०८१ मंसिर ७ गते १८औं वार्षिकोत्सव मनाउन गईरहेको विकास बैंकले सो अवसरमा काठमाण्डौंमा Garima Road Race Competition-2081 सहित देशभर १८ वटा फरक–फरक कार्यक्रहरु समेत आयोजना गर्दैछ । विकास बैंकले विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमुलक कार्यक्रहरुसंगै अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव मनाउँदै आईरहेको छ । 

    काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा ATM  मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार