Nov 28 2024 | २०८१, मंसिर १३ गते

images

भरतपुर सबैभन्दा ‘प्रदूषित’, काठमाडौं ‘अस्वस्थकर’

भरतपुर सबैभन्दा ‘प्रदूषित’, काठमाडौं ‘अस्वस्थकर’

एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर १३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर १३ २०८१
  • भरतपुर सबैभन्दा ‘प्रदूषित’, काठमाडौं ‘अस्वस्थकर’

    काठमाडौँ । वायुको गुणस्तरका आधारमा बिहीबार चितवनको भरतपुर नेपालको सबैभन्दा ‘प्रदूषित’ सहर बनेको छ । पछिल्लो २४ घण्टामा त्यहाँको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १६५ पुगेको वातावरण विभागले जनाएको छ ।

    images
    images
    images

    सोही अवधिमा काठमाडौं उपत्यकाका रत्नपार्क र खुमलटारमा पनि एक्यूआई क्रमशः १६४ र १५७ पुगेको छ । यी तीनै सहर ‘अस्वस्थकर’को वर्गमा परेका छन् । रत्नपार्कमा बिहीबार अपराह्न १२ बजेको एक्यूआई १५३ छ ।

    विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो, उति हानिकारक मानिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार