Jan 30 2025 | २०८१, माघ १७ गते

images
images

उपनिर्वाचनले लोकतन्त्रप्रति नागरिकको विश्वासलाई थप प्रमाणित गरेको छ : सभापति देउवा

उपनिर्वाचनले लोकतन्त्रप्रति नागरिकको विश्वासलाई थप प्रमाणित गरेको छ : सभापति देउवा

एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर १६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर १६ २०८१
  • उपनिर्वाचनले लोकतन्त्रप्रति नागरिकको विश्वासलाई थप प्रमाणित गरेको छ : सभापति देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह उपनिर्वाचन–२०८१ निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन् ।

    images
    images
    images

    सभापति देउवाले आज प्रेस विज्ञप्तिमार्फत देशका विभिन्न पालिकामा रिक्त पदहरूका लागि आज भएको उपनिर्वाचनमा सबैले अत्यन्त उत्साह र धैर्यसाथ आफ्नो अमूल्य मत दिएकामा धन्यवादज्ञापन गरेका हुन् । उनले आजको उपनिर्वाचनमा उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले लोकतन्त्रप्रति नागरिकको विश्वासलाई थप प्रमाणित गरेको उल्लेख गरेका छन् । 

    यो विश्वास कायम राख्ने ढङ्गले कार्य गर्न सरकार र राजनीतिक दलहरूलाई थप प्रेरणा मिलेको सभापति देउवाको भनाइ छ । उनले शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा उपनिर्वाचन सम्पन्न गराउन सफल भएकामा नेपाल सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन् । यसका साथै मतदान कार्यमा अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकलगायत उत्साहजनक सहभागिता जनाई मतदान गर्ने सम्पूर्णलाई पार्टीका तर्फबाट सभापति देउवाले धन्यवाद दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट