Jan 30 2025 | २०८१, माघ १७ गते

images
images

सोलुखुम्बुमा भूकम्पको क्षतिबारे  विवरण सङ्कलन गरिँदै

सोलुखुम्बुमा भूकम्पको क्षतिबारे  विवरण सङ्कलन गरिँदै

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २३ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २३ २०८१
  • सोलुखुम्बुमा भूकम्पको क्षतिबारे  विवरण सङ्कलन गरिँदै

    सोलुखुम्बु । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन थालिएको छ ।  प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भने, “अहिलेसम्म भूकम्पबाट भएको क्षतिको यकिन जानकारी  आइसकेको छैन, तर हामी बुझ्ने प्रयास गरिरहेका छौँ, हाम्रा सुरक्षा निकाय र विपद् व्यवस्थापनको टोली विवरण सङ्कलनमा सक्रिय भइसकेका छन् भने स्थानीय स्थानीय पालिकाका जनप्रतिनिधिसँग पनि समन्वय गरिरहेका छौँ ।”

    images
    images
    images

    उनले तिब्बतको सिमाना जोडिएको जिल्लाको खुम्बु क्षेत्रमा  भूकम्पको क्षतिको पु-याएको अनुमान गरेको बताए । खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले भूकम्पबाट लबुचे आसपासमा क्षति गराएको हुनसक्ने जानकारी दिए । 

    “लबुचेमा केही क्षति भयो कि भन्ने लागेर त्यहाँ हाम्रो टोली खटिएको छ, पुग्न केही समय लाग्न सक्छ तर टेलिफोन सम्पर्क कमजोर भएकाले विवरण सङ्कलनमा समस्या भएको छ”, उनले भने । भूकम्पको धक्का महसुस भएपछि जिल्ला सदरमुकाम सल्लेरीवासी घरबाहिर निस्किएका थिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट