Jan 09 2025 | २०८१, पुस २५ गते

images
images

रवि लामिछानेविरुद्ध सूर्यदर्शन सहकारी ठगी प्रकरणको थुनछेक आदेश शुक्रबारसम्म आउने

रवि लामिछानेविरुद्ध सूर्यदर्शन सहकारी ठगी प्रकरणको थुनछेक आदेश शुक्रबारसम्म आउने

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २४ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २४ २०८१
  • रवि लामिछानेविरुद्ध सूर्यदर्शन सहकारी ठगी प्रकरणको थुनछेक आदेश शुक्रबारसम्म आउने

    काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहितले सूर्यदर्शन सहकारीमा गरेको ठगी प्रकरणको थुनछेक आदेश शुक्रबारसम्म आउने भएको छ । लामिछाने सहितका प्रतिवादीतर्फको बहस न्यायाधीश नीतिज राईको इजलाशमा अन्तिम चरणमा पुगेको छ । बिहीबारका लागि जवाफी बहस गर्ने तालिका छ । जवाफी बहस छिट्टै सकिए भोलि बिहीबार साँझ र नभए शुक्रबार थुनछेक आदेश आउने सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख सहन्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।

    images
    images
    images

    काफ्लेले बिहीबार भोलि फस्र्ट आवरमा जवाफी बहस सकिए भोलि साँझसम्म र नसकिए पर्सि थुनछेक आदेश आउने जानकारी दिइन् ।

    मंगलबार तत्कालीन गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक एवं रास्वपा सभापति लामिछाने पक्षका कानून व्यवसायीले बहस सकेपछि बुधबार रामबहादुर खनाल, कृष्ण गुरुङ, मीना गुरुङ र आरती गुरुङका कानून व्यवसायीले बहस गरेका छन् । अहिले जाहेरवालाका तर्फबाट बहस भइरहेको छ ।

    जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय रुपैयाँ ९४ पैसा बिगो माग दाबीसहित जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

    लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाख बिगो माग दाबी रिटमा गरिएको छ । लामिछानेविरुद्ध सहकारी ठगी मुद्दामा ३ करोड ३७ लाखको बिगो माग दाबी गरिएको छ ।

    थुनछेकमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्नेमध्ये एक आदेश गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट