Jan 31 2025 | २०८१, माघ १८ गते

images
images

अर्थतन्त्र सही तरिकाले अगाडि बढाउन चार्टर्ड एकाउन्टेन्ट्सको भूमिका महत्वपूर्ण : अर्थमन्त्री

अर्थतन्त्र सही तरिकाले अगाडि बढाउन चार्टर्ड एकाउन्टेन्ट्सको भूमिका महत्वपूर्ण : अर्थमन्त्री

एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ १८ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ १८ २०८१
  • अर्थतन्त्र सही तरिकाले अगाडि बढाउन चार्टर्ड एकाउन्टेन्ट्सको भूमिका महत्वपूर्ण : अर्थमन्त्री

    अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र सही दिशामा चलायमान गराउन र वित्तीय अनुशासन कायम गर्न चार्टर्ड एकाउन्टेन्टको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।  नेपालमा लेखासम्बन्धी पेशा तथा शिक्षाको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) २८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै पौडेलले  यस्तो बताएका हुन् ।

    images
    images
    images

    चार्टर्ड एकाउन्टेन्टको काँधमा वित्तीय लेखाजोखा मूल्याङ्कन गर्ने जिम्मेवारी रहेको भन्दै पौडेलले त्यो ठीक भएको खण्डमा वित्तीय सुशासन आफैं सही ठाउँमा आउने बताए ।  उनले सार्वजनिक वित्त व्यवस्थापन सुधारमा महत्वपूर्ण भूमिका खेल्ने समेत सुझाव दिए । मुलुकको कर प्रणाली सुधार र राजश्व वृद्धिमा चार्टर्ड एकाउन्टेन्टहरुको महत्वपूर्ण सहकार्यको अपेक्षा सरकारले गरेको उनले बताए । कर र राजश्वको क्षेत्रमा आवश्यकताअनुसार काम हुन नसकेको भन्दै उनले कर प्रणालीमा धेरै सुधार चाहिएको बताए । 

    व्यवसायीले कर छल्न नसक्ने प्रकारको कर प्रणाली स्थापित गरिनुपर्ने पौडेलको भनाई छ । कर सुधार र राजश्व वृद्धिका कुरा गरिरहे पनि पछिल्ला कतिपय तथ्याङ्कले यस्तो नदेखाएको भन्दै उनले भने, ‘कर प्रणालीमा सुधारको कुरा गर्छौं र तर त्यसमा चाहेअनुसार  सुधार गर्न सकिरहेका छैनौं । कुनै पनि व्यवसायीले कर छल्न नसक्ने र औचित्यमा आधारित कर प्रणाली स्थापित गर्ने सन्दर्भमा हामीले अझै धेरै काम गर्न बाँकी छ ।’ 

    पौडेलले पूँजीबजार दीगो, भरपर्दो र विश्वसनीय तरिकाले अगाडि बढाउन र कुनै पनि प्रकारका चिटिङ प्रवेश हुन नदिन आइक्यानले आफ्नो ठाँउबाट भूमिका खेल्न सक्ने उनको अपेक्षा छ । सरकारले अर्थतन्त्रसामु आएका समस्या समाधान गर्न एकसाथ २९ कानून संशोधन गर्न अध्यादेश ल्याएको बताए ।  पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउन, लगानी बढाउन, उत्पादन बढाउन, रोजगारी बढाउन र विदेशी लगानी आकर्षण गर्न सरकारले प्रयास गरिरहेको दावी गरे । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार