Jan 31 2025 | २०८१, माघ १८ गते

images
images

निलम्बन फुकुवा गरिदिन रवि लामिछानेले सभामुखलाई बुझाए निवेदन

निलम्बन फुकुवा गरिदिन रवि लामिछानेले सभामुखलाई बुझाए निवेदन

एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ १८ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ १८ २०८१
  • निलम्बन फुकुवा गरिदिन रवि लामिछानेले सभामुखलाई बुझाए निवेदन

    काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले सांसद पदबाट निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सभामुख घिमिरेलाई भेटेर रविले आफ्नो सांसद पद निलम्बन फुकुवाको मा ग गरेका हुन् ।

    images
    images
    images

    उनले आफूविरुद्ध परेको मुद्दाबाट धरौटीमा रिहा भइसकेको हुँदा सांसद पदबाट निलम्बन गर्न नहुने माग राखेका छन् । यस विषयमा रास्वपाले आज बस्ने संसद् बैठकमा समेत कुरा उठाउने भएको छ ।

    ‘म निवेदक चितवन जिल्ला क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सदस्य हुँ। म निवेदकलाई फौजदारी कसुररको अनुसन्धानको क्रममा मिति २०८१/७/०२ गते पक्राउ गरिएको भन्ने सूचना नेपालको संविधानको धारा १०३ को उपधारा (६) बमोजिम जिल्ला प्रहरी कार्यालय कास्की, अपराध अनुसनधान तथा कारबाही शाखाले सम्माननीय सभामुखज्यलाई लेखि आएको भन्ने आधारमा प्रतिनिधि सभा नियमावली २०७१ को नियम २४८ को उपनियम (२) को प्रयोजनको लागि संघीय ससद (प्रतिनिधि सभावाट) मिति २०८१/०७/० ३ गते सूचना प्रकाशित गरिएकोंमो पुनः मिति २०८१/०९र/०८ मा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ को कानूनी व्यवस्थाको लागि भनी सूचना प्रकाशित गरिएको व्यहोरा यहाँलाई अवगत नै छ,’ उनले निवेदनमा लेखेका छन्, ‘म निवेदकउपर उक्त बमोजिमको फौजदारी कसूरको अनुसनधान भई देहाय बमोजिमका अदालतहरूमा देहाय बमोजिमको अभियोग (मुद्दा) दायर भई सम्मानित अदालतहरूका देहाय बमोजिमको आदेश भई हाल म निवेदक थुनामुक्त भएको व्यहोरासमेत सम्माननीय सभामुखज्यूलाई अवगत गराउँदछु।’

    सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि रवि गत पुस ८ गते सांसद पदबाट निलम्बन भएका थिए । तर, रास्वपाले भने रविको निलम्बन कानूनसम्मत नभएको बताउँदै आएको छ । सिंहदरबार पुगेका रविले आफ्नो दलका सांसदलाई पनि भेटेर पछिल्लो अवस्था र सदनमा खेल्ने भूमिकाबारे ब्रिफिङ गर्ने भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार