नेपाली कांग्रेसमा विशेष महाधिवेशन बाहेक विकल्प छैन: सुवास पोखरेल
नेपाली कांग्रेसमा विशेष महाधिवेशन बाहेक विकल्प छैन: सुवास पोखरेल
काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएको छ ।
शुक्रबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएका हुन् । पत्रकार सम्मेलनमा नेता सुवास पोखरेलले भने 'कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य विकल्प रहेन । यो हाम्रो वैधानिक अधिकार हो । विधानको बाध्यकारी व्यवस्था हो ।
पोखरेलले केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन आह्वान गरोस् भन्ने माग आफूहरूको रहेको बताए । पोखरेलले एकता र विश्वास एकैपटक जगाउन आग्रह पनि आफूहरूको आग्रह गरे ।
