Aug 12 2026 | २०८३, साउन २७ गते

भेनेजुएला संकट : बेलायतमा बढ्यो राजनीतिक असन्तुष्टि

भेनेजुएला संकट : बेलायतमा बढ्यो राजनीतिक असन्तुष्टि

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २० २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २० २०८२
  • भेनेजुएला संकट : बेलायतमा बढ्यो राजनीतिक असन्तुष्टि

    कारकास । भेनेजुएलामा अमेरिकाले गरेको आक्रमण र त्यहाँका राष्ट्रपति निकोलस मुदरो र उनकी श्रीमतीलाई पक्राउ गरेर स्वदेश ल्याउने अमेरिकी सरकारको कदमलाई लिएर विश्व यतिबेला दुई धारमा बाँडिएको छ ।

    images

    सो घटनामा दिएको प्रतिक्रियालाई लिएर अहिले बेलायतका प्रधानमन्त्री किर स्टार्मरको सरकारले निकै आलोचना खेपिरहेको छ । आक्रमणको निन्दा गर्न नसकेको भन्दै राजनीतिक वृत्तबाट सरकारको चर्को आलोचना भइरहेको छ । मदुरोको शासन पतन भएकोमा आफूले आँसु नबगाउने  स्टार्मरको प्रतिक्रिया थियो ।

    अमेरिकाको सैन्य कारबाहीले अन्तर्राष्ट्रिय कानुन तोडेको छ कि छैन भन्नेबारे स्टार्मर मौन बस्नुलाई अमेरिकी कदममा बेलायतको समर्थनको रूपमा हेरिएको छ ।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भेनेजुएलामा अमेरिकी कारबाहीले ‘डरलाग्दो नजिर’ बसालेको चेतावनी दिएका छन् । तर स्टार्मरले मदुरोलाई गैरकानूनी राष्ट्रपति भन्दै ‘उनको शासनको अन्त्यप्रति बेलायतले आँसु नबगाउने’ बताएका थिए ।

    उनले भेनेजुएलामा नयाँ लोकतान्त्रिक सरकार गठनको लागि आह्वान गरेका छन् । यस टिप्पणीको उनकै पार्टी भित्रबाट तीव्र आलोचना भइरहेको छ । लेबर पार्टीका सांसद रिचर्ड बर्गनले उक्त कथनलाई लज्जास्पद र लापरवाहीपूर्ण भनेका छन् ।

    स्टार्मर सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुसी पार्न अन्तर्राष्ट्रिय कानुनलाई पन्छाएको आरोप लगाको छ । अन्तर्राष्ट्रिय कानुन त्याग्दा अराजकता र दण्डहीनता निम्त्याउने चेतावनी क्लाइभ लुइसले दिएका छन् । कानुनी रूपमा अमेरिकाको यो आक्रमण कसरी रुसले युक्रेनमाथि गरेको आक्रमणभन्दा फरक छ भनेर जोन म्याकडोनेलले प्रश्न गरेका छन् । बेलायत साँच्चै कानुनको शासनको पक्षमा छ भने उक्त कार्यको निन्दा गर्न म्याकडोनेलले स्टारमरलाई अनुरोध गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट