Aug 12 2026 | २०८३, साउन २७ गते

महाधिवेशनको विषयमा कांग्रेसभित्र विवाद, विशेष महाधिवेशन पक्षधर मन्त्री हटाउने तयारी

महाधिवेशनको विषयमा कांग्रेसभित्र विवाद, विशेष महाधिवेशन पक्षधर मन्त्री हटाउने तयारी

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २० २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २० २०८२
  • महाधिवेशनको विषयमा कांग्रेसभित्र विवाद, विशेष महाधिवेशन पक्षधर मन्त्री हटाउने तयारी

    काठमाडौँ । नेपाली कांग्रेसभित्र महाधिवेशनको विषय पेचिलो बन्दै गएको छ । शुक्रबार कार्यसम्पादन समिति बैठकले वैशाख २८ देखि ३१ गतेसम्म पार्टीको १५ महाधिवेशन गर्ने निर्णय गर्‍यो ।
    त्यसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका ५ नेताले फरक मत राखे । उनीहरूको माग ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेकाले पुसभित्र विशेष महाधिवेशन गर्नैपर्छ भन्ने छ ।

    images

    विशेष महाधिवेशनको माग रोक्न कांग्रेसले पार्टीका तर्फबाट प्रदेश सरकारमा रहेका र विशेष महाधिवेशनको पक्षमा वकालत गर्ने मन्त्रीहरूलाई हटाउने तयारी थालेको छ । यस विषयमा शीर्ष नेताहरूबिच छलफल भइरहेको एक नेता बताउँछन् ।

    पार्टी नेतृत्वकै सिफारिसमा विभिन्न प्रदेश सरकारमा सहभागी हुने तर त्यही शीर्ष नेतृत्वकै विपक्षमा र विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने मन्त्रीहरूलाई मन्त्रिपरिषद् पुनर्गठन गरेर हटाउने विषयमा छलफल भइरहेको छ । केही दिनमै निर्णय हुन्छ,’ एक नेताले  जानकारि दिए ।  मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम गरी ४ प्रदेशमा सरकारको नेतृत्व गरेको कांग्रेस सात प्रदेशमा नै सरकारमा सहभागी छ ।

    मधेसमा कृष्णप्रसाद यादव, बागमतीमा इन्द्रबहादुर बानियाँ, गण्डकीमा सुरेन्द्रराज पाण्डे र सुदूरपश्चिममा कमल शाह मुख्यमन्त्री छन् ।  मुख्यमन्त्रीहरूमा समस्या नरहेको र मन्त्रीहरूमा समस्या देखिएको ती नेताले बताए । सातै प्रदेशमा पार्टीका तर्फबाट सहभागी भएर विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरूलाई हटाउने विषयमा नेतृत्व तहमा छलफल भइरहेको हो ।

    विशेष महाधिवेशन पक्षमा हस्ताक्षर गर्ने सातै प्रदेशमा रहेका मन्त्रीहरू रहेका जानकारी शीर्ष नेताहरूलाई रहेको स्रोतले बतायो । विशेष महाधिवेशन माग गरेपछि देखिएको विवादलाई कसरी साम्य गर्ने भन्नेबारे अहिले आफू पक्षका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट