राष्ट्रिय सभाध्यक्ष दाहालद्वारा फागुन २१ को निर्वाचन सफल पार्न सबै पक्षलाई आग्रह
राष्ट्रिय सभाध्यक्ष दाहालद्वारा फागुन २१ को निर्वाचन सफल पार्न सबै पक्षलाई आग्रह
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनलाई सफल पार्न सबै पक्षलाई आग्रह गरेका छन् ।
प्रमुख दलका नेताहरुले निर्वाचन हुनेमा आशंका गरिरहेका बेला उनले सो निर्वाचनलाई सफल पार्न सबै पक्षलाई आह्वान गरेका हुन् ।
आइतबार काठमाडौंमा आयोजित संविधान कार्यान्वयनका दश वर्ष, उपलब्धि, समस्या, चुनौति र सुझाव नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनलाई सफल पार्नु सबै नेपालीहरुको साझा कर्तव्य भएको समेत बताए ।
उनले संविधानको आवश्यक समिक्षा गरी संशोधनका लागि इमान्दार भएर लाग्न पनि सबै राजनीतिक दलहरुको ध्यानाकर्षण गराए । अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण हुनेगरी संविधान संशोधन गर्न आवश्यक रहेको समेत बताए ।
